भारतको झारखण्डमा अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु
नयाँ दिल्ली | माघ १४, २०७९
नयाँ दिल्लीः भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् ।
धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको थियो । आगोका कारण अस्पतालका सञ्चालक डाक्टर, श्रीमती, एक जना कामदार र दुई जना आफन्तको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताउनुभएको छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...
काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ...

